विराटनगर/अपराध अनुसन्धानमा अब्बल रहेका प्रहरी जवान राजेश कुमार यादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङ दरवन्दी भएका यादवलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
जघन्य प्रकृतिका अपराध गरेर फरार भएका प्रतिवादीलाई पक्राउ गरि अपराधन अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै प्रहरी जवान यादवलाई प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउन यादवले भूमिका खेलेको कार्य बिवरण पत्रमा उल्लेखछ ।
अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भुमिका निर्वाह यादवले गरेको प्रदेश प्रहरीले जनाएको छ ।
‘आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान यादवलाई कार्यसम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल जेष्ठ ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ,’ प्रदेश प्रहरीले जारी गरेको कार्य विवरणमा उल्लेखछ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।