श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार ७ गते सोमबार, २१ जुन २०२१ । राक्षसनाम संवत्सर ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि १३ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र स्वाती १६ः५८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः०८ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
यात्रामा मालसामान हराउन सक्छ । मनमा निराशा र शरीरमा आलश्य छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आँटे, ताकेका कामहरू पूर्ण हुँदै जानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कामहरू सफल हुँदै जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुख–दुःख बराबर हुने मध्यम् खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्त भेटिनेछन् । मन प्रसन्न रहला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वस्त्र तथा खाद्यान्नको व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । हड्डीसम्बन्धी समस्याले सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक यात्राको योग रहेको छ । आफन्तहरूको सहयोग प्राप्त हुनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तरकारीजन्य व्यवसायबाट प्रशस्त लाभ होला । अचानक स्वास्थ्यमा समस्या देखिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । कामकाजहरू सजिलै सम्पादन हुनेछन् ।