श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार ६ गते आइतबार, २० जुन २०२१ । राक्षस संवत्सर जेष्ठ शुक्लपक्षको दशमी तिथि १६ः३९ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र चित्रा १९ः०५ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः०८ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामले पनि विकास पाउनेछन् ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज विवाद तथा मुद्धाहरुमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरुलाई पछि पार्न सकिनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभचिन्तकहरुले साथ  दिनेछन् । समय राम्रो छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशिलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका कार्यहरु विस्तारै भए पनि सम्पादन हुदै जानेछन् । पढाइलेखाइमा प्रगति हुनेछ ।  


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वौद्धिक प्रतिस्पर्धामा अरुलाई उछिन्न सकिनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याका कारण मनमा अशान्ति आउनेछ । शरिर आलश्य हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिनको कारोबारबाट सोचे अनुरुप आम्दानी नहोला । खर्च बढ्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । पढाईमा मन जानेछ । सोचेको काम पुरा हुनेछ ।