श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार ४ गते शुक्रबार, १८ जुन २०२१ । राक्षसनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि २१ः०१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी २१ः५९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः०८ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रेमसम्बन्धमा समस्या आउनेछ । वैदेशिक योत्राको योग रहेको छ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायबाट लाभ हुनेछ । प्रेमको बन्धन कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । समय मध्यम् रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्रा सफल हुनेछ । पढाइमा प्रगति हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो दूरीको यात्रा हुनेछ । पारिवारिक मेलमिलापले मिष्ठान्न भोजन प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त होला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमसम्बनधमा सफलता मिल्नेछ । हराएको वस्तु प्राप्त हुनसक्छ । मन प्रसन्न होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रसँग रमाइलो भेटघाट होला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वैदेशिक यात्राको योग बनेको छ । कृषि व्यवसायबाट प्रशस्त लाभ मिल्ला । दिन सामान्य छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्रजनबाट सहयोग मिल्ला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ ।