सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.२ स्थित बाबा तालमा मनसुन पुर्व तयारी कार्ययोजना अनुरुप नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोज उद्धार/प्रतिकार्य  अभ्यासको डेमो कार्यक्रम गरेका छन् ।

मनसुन हुनु अभाव जिल्ला दैविक प्रकोप विपत व्यवस्थापन समितिद्वारा आयोजना गरिएको उक्त अभ्यास कार्यक्रममा नेपाल प्रहरीको ३४ जना,सशस्त्री प्रहरीका ४४ जना  र ४० जना नेपाली सेनाका टोलिले संयुक्त अभ्यास गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिप राज कणेल,शेर गण चोहर्वाका प्रमुख सेनानी जितेन्द्र कुमार गौली, सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहाका प्रहरी उपरीक्षक दिपेन्द्र गिरी,इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक श्रीप्रसाद राईसहित जम्मा ११८ जनाको उपस्थितमा रहेको थियो ।