श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार २ गते बुधबार, १६ जुन २०२१ । राक्षस संवत्सर जेष्ठ शुक्लपक्षको षष्ठी तिथि २३ः०७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मघा २२ः३३ बजेसम्म, उप्रान्त पूर्व फाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः०७ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ती हुनेछ । सन्तान वा अनुयायीको सल्लाहले लाभ दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । समय राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरु प्रसस्त मात्रामा बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।                                  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा साहभागी बन्ने मौका मिल्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् भने सहयोग गर्ने कमै भेटिनेछन् ।  समयमध्यम खालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आम्दानीका श्रोतहरु बढ्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्न सक्छ ।