श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ ३० गते आइतबार, १३ जुन २०२१ । राक्षस संवत्सर जेष्ठ शुक्लपक्षको तृतिया तिथि २१ः५९ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र पुनर्वसु १९ः१७ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः०७ र सूर्यास्त ७ः०० बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज धनआर्जनका नयाँ स्रोतहरुमा विचार बढ्नेछ । आफ्नो प्रभुत्व जमाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ चिन्तकहरुले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आटेको काम सफल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आटेको काम सफल हुनेछ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाक्यतुर्यईले सङकल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आर्थिक सङकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेल र मनोरञ्जामा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धनार्जनका नयाँ स्रोतहरुमा विचार बढ्ने छ र वैदेशिक यात्राको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दुध तथा तरकारी व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । यात्रा सफल रहला ।