श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ २७ गते शुक्रबार, ११ जुन २०२१ । राक्षस संवत्सर जेष्ठ शुक्लपक्षको प्रतिपदा तिथि १८ः५० बजेसम्म, उप्रान्त द्वितिया नक्षत्र मृगशिरा १४ः४७ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः०७ र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज शुभ कार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ । नजिकको यात्रा होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढि सकारत्मक बनाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा उत्साहका साथै बोली विक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरुमा विचार बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता सँग भेटघाट  र सुमधुर हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीरमा स्फुर्ति  र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या लाउला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको योजना बन्नेछ । चिताएको कामले तिव्रता लिने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समय राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ।