वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा कोरोना संक्रमितहरुको घरघरमा सेनिटाइज गरिएको छ । 

संक्रमणबाट निको भएकाहरुको घरघरमा गएर घर वरिपरि र कोठाहरुमा भाइरसका जीवाणु रहन नदिने उद्देश्यले निसङ्क्रमण गरिएको हो ।

राष्ट्रिय युवा संघ वराहक्षेत्रको सक्रियता र जिल्ला कमिटीका युवाहरुको सहयोगमा निसङ्क्रमण गरिएको स्थानीय युवा अरुण राईले जानकारी दिए ।