कोरोना महामारीको संक्रमणले सिर्जित विषम परिस्थितिमा वराहक्षेत्रका युवाहरुले विपन्नलाई राहत सामग्री वितरण गर्ने क्रम बढ्दै गइरहेको छ । युवाहरुको अनुकरणीय कामलाई राजनीतिक दलका नेतृत्वले पनि निरन्तरता दिइरहेका छन् । 

वराहक्षेत्रका युवा नेता तथा जनता समाजवादी पार्टी (जसपा नेपाल) का सुनसरी जिल्ला सचिव प्रदीप कार्कीको संयोजनमा वराहक्षेत्र चतराका विपन्न र अपांगता भएका घरपरिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।

pradip karki news photo1

नेता कार्कीको संयोजनमा मंगलबार वराहक्षेत्र १ र २ का अपांगता भएका १३ घरपरिवार विपन्नलाई खाद्य सामग्री वितरण गरिएको छ । 

नेता कार्कीले घरदैलोमै पुगेर राहत सामग्री प्रदान गरिएको बताए । बुधबारसमेत वराहक्षेत्रका १ र २ नम्बर वडाका अपांगता भएका र विपन्नहरुको घरदैलोमा पुग्ने कार्यक्रम रहेको नेता कार्कीले बताए । उनले जसपाका केन्द्रीय नेतृत्व, प्रदेश र जिल्लाका नेतृत्व, शुभेच्छुकसँगको समन्वयमा राहत खाद्यान्न वितरण गरिएको जानकारी दिए । 

chhinnamasta

यसैबीच, औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्च चतरालेसमेत पहिलो चरणको अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको जनाएको छ । 

निषेधाज्ञाका कारण स्थानीय धेरै घरपरिवारको चुल्हो बल्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी संस्थाको पहल र प्रयत्नमा अति विपन्न १५ परिवारलाई अत्यावश्यक खाद्यान्न प्रदान गरिएको अध्यक्ष उदय ठटालले जानकारी दिए । 

स्थानीय व्यवसायीले स्वेच्छाले प्रदान गरेको चामल, दाल, तेल, नुन, सोयाबिन र चिउरा अतिविपन्नको घरमा पुर्याइएको हो । 

chhinnamasta bipanna