श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ २५ गते मङ्गलबार, ८ जुन २०२१। राक्षस संवत्सर ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि ११ः४१ बजेसम्म, उप्रान्त चर्तुदशी, नक्षत्र भरणी ५ः४९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः०७ र सूर्यास्त ६ः५८ बजे हुनेछ

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) खर्च लागे पनि कामतर्फ सकरात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही बस्तु त्याग्नु पर्ने हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । दिगो काम थलानी गर्ने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । तपाईका रोकिएका कामहरु पुनः सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वस्त्र आभूषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ रहनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । अपेक्षा गरे अनुरूप फल प्राप्त नहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा–जमिनको कारोबारबाट प्रसस्त लाभ रहनेछ । वैदेशिक यात्राको योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कृषि क्षेत्रबाट सोचेभन्दा धेरै लाभ हुनेछ । प्रेम सम्बन्धमा सफलता पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शेयरमा लागनी गर्दा विचार पु¥याउनु होला । माल सामान हराउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सरकारी क्षेत्रबाट सहयोग प्राप्त होला । सम्मान प्राप्त हुनेछ । समय उत्तमखालको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु वान्धवबाट भने सहयोग प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।