चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा बिहीबार छलफल गरेको छ ।

वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा बैचारिक आदानप्रदानलगायतका बिषयमा प्रतिवद्धता व्यक्त गरेका छन् । 

वार्तापछि चीन–अफगानिस्तान–पाकिस्तानका विदेश मन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै ‘अफगानी शान्ति प्रक्रिया, त्रिपक्षीय सहयोगको गहन प्रवद्र्धन लगायतका बिषयमा प्रविद्धता सहितको संयुक्त वक्तव्य जारी गरिएको छ । 

अफगानी शान्ति प्रक्रियालाई अघि बढाउँदै चाँडै युद्ध बिराम गरेर हिंसालाई अन्त्य गर्ने कुरामा तीनै पक्षले जोड दिएका छन् । साथै सबै किसिमका आतंकवादलाई प्रहार गर्दै आतंकवाद विरोधी दोहोरो मापदण्डलाई बन्द गर्दै पूर्वी टुर्किस्तान इस्लामिक आन्दोलन लगायत आतंकवादी शक्तिलाई संयुक्त प्रहार गर्दै जाने कुरामा सहमति गरेका बताइएको छ ।

महामारी प्रतिरोध, जनजीवनसँग घनिष्ट रहेका विषयहरू, सामाजिक सांस्कृतिक क्षेत्रमा हुने सहयोगको प्रवद्र्धन गर्दै ‘बेल्ट एण्ड रोड’ सहयोगको वस्तुगत विषयलाई विस्तार गर्दै उक्त क्षेत्रमा मानव कल्याण सिर्जना गर्ने सहमति भएको छ ।