‘मानव सेवा नै धर्म हो’ भन्ने नाराका साथ मानव सेवा गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको धरान मानव कल्याण समाज सेवा नामक संस्थाले धरानमा विगत १७ दिनदेखि सडकमा आश्रितलाई खाना खुवाइरहेको छ ।

‘निःशुल्क खाना वितरण अभियान’ अन्तर्गत सडकमा आश्रित नागरिकहरुलाई खाना खुवाइरहेको संस्थापक विशाल माझीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण सडकमा आश्रितहरुले पेशा व्यवसाय गुमाएको अवस्थामा उनीहरु भोकै बस्न नपरोस् भन्ने मनसायले खाना वितरण गरिएको संस्थापक माझीले बताए । 

सुरुवातमा १६– १७ जनालाई खाना खुवाउन शुरु गरेकामा हाल बढीमा ५० जनासम्मलाई खाना वितरण गरिरहेको संस्थाको भनाइ छ । 

bhanuchowk khana bitaran 1

bhanuchowk khana bitaran 2

bhanuchowk khana bitaran 3

bhanuchowk khana bitaran 5

bhanuchowk khana bitaran 4