निरन्तर वर्षाको कारण जलाशयको सतह केही मात्रामा बढ्दै गइरहेको छ । सप्तकोशी नदीमा पानीको सतह तुलनात्मक रुपमा वृद्धि भएको छ । 

जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार नदीमा पानीको सतह हिजो ३ मिटरसम्म पुगेको थियो । पहाडी क्षेत्रमा भएको वर्षाको असरले नदीको पानीको सतह बढ्दै गएको मौसम कार्यालय धरानको भनाइ छ ।

‘हिउँदमा कोशी नदीको सतह औसत ०.५ मिटर हुन्छ, जल विज्ञान विज्ञ सुनिल पोख्रेलले भने, ‘पहाडमा वर्षा हुँदा हिजो पानीको सतह केही बढेको थियो, आज घटेको छ, बाढीको खतरा भने तत्काल देखिएको  छैन ।’

जलाशयमा भने साविकभन्दा पानी बढेको देखिएको छ । कोशी नदीका सहायक भँगालाहरुमा पानीको सतह बढिरहेको छ । 

जल विज्ञान विज्ञ पोख्रेलका अनुसार  आज पानीको सतह (वाटर लेभल) २.८६ मिटर रहेको छ । 

यता कोशी ब्यारेजको  शुक्रबारको मापनअनुसार ९१ हजार ५ सय २५ क्युसेक पानीको बहाव रहेको छ । यो सामान्य तत्काल सामान्य अवस्था हो ।