उर्लाबारी/ कोभिडको नयाँ लहर रोक्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयले निशेधज्ञा लागु गरेपछि दैनिक काम गरेर जिविकोपार्जन चलाउँदै आएका नगरमा प्रभावित बनेका समुदायको लागि खाध्यन्न वितरण शुरु भएको छ ।
उर्लाबारीका युवा योगराज कार्कीको अगुवाईमा ४० जना युवाहरुको सहकार्यमा पहिलो चरणमा जनही ५ हजार नगद जम्मा गरी शनिबार वडा नं.–७ का १ सय ३६ घर परिवारलाई प्रति परिवार ५ केजी चामल, १ केजी दाल, नुन, चना, चिउरा, तेल सहितका आवश्यक दैनिक उपयोग हुने सामाग्री वितरण गरीएको अभियानका संयोजक योगराज कार्कीले बताएका छन् ।
अभियानका संयोजक कार्कीले पहिलो दिन चामल ५ केजी वितरण गरीए पनि बृद्धि गरी जेष्ठ १७ गते वडा नं.–६ मा १० केजी चामल लगायतका वितरण गरीने बताउँदै बिहान बेलुका खाना समस्या परेकाहरुले मात्र संम्पर्क गर्न आग्रह गर्दै सहयोगी मनहरुलाई अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
युवाहरुको खाध्यन्न वितरण कार्यले दैनिक श्रम गर्ने वर्गको लागि राहत भएको प्रतिक्रिया सामाजीक सञ्जालहरुमा व्यक्त गरीएका छन् । संयोजक कार्कीले उर्लाबारी नगरपालिकासँग आवश्यक अनुमति लिएर निशेषज्ञाको प्रभावमा परेका नगरका सवै वडामा खाध्यन्न वितरण गरीने कार्यक्रम रहेको बताएका छन् ।