तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरे ।

संघीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाए । निवर्तमान सांसद  पालले रासससँग कुरा गर्दै भने, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज  फिर्ता गरे ।”