देउराली । नदिजन्य बस्तु उत्खनन् गर्नु अघि ७ बुँदा कार्यान्यन नगरेकाे भन्दै धरान उपमहानगरपालिकाकाे ५ नम्बरवडा कार्यालयले आजबाट  सेउती र अधेरी खेलाकाे नदीजन्य पदार्थ उत्खननमा राेक लगाउने भएकाे छ । 

विगतमा आइईई प्रतिवेदन तयार गर्नको लागि छलफल हुँदा विभिन्न ७ बुँदा कार्यान्वयन भएमात्र उत्खनन् गर्न दिने निर्णय भएको भएपनि  त्यस विपरीत उत्खनन् भइरहेको भन्दै उत्खनन् रोक्नु परेको वडाध्यक्ष सन्ताेष लिम्बूले बताएका छन् । 

उनले मंगलबार नगरप्रमुख तिलक राई, ईलाका प्रशासन कार्यालय धरान,  ईलाका प्रहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाउँदै सो को जानकारी दिएका हुन् ।

७ बुँदामा खोलाको भाग र बस्ति छुट्याएर सिमांकन तथा नक्सांकन गर्ने, आवश्यक ठाउँहरुमा तटबन्धन निर्माण गरेर मात्र उत्खनन् शुरु गर्ने, खोला क्षेत्रमा भएको प्रति ऐलनी वस्तीहरुको उचित व्यवस्थापन गर्नुपर्ने लगायत कुराहरू उल्लेख गरिएको बताउँदै लिम्बुले भने ' खाेला उत्खनन् हुन्छ, बस्ति जाेखीम बढ्छ । जाली माग्दा पनि नगरपालिकाले आवश्यक जाली उपलव्ध गराउदैन । बस्ति रखाेलाकाे भाग छुट्टिएकाे छैन ।  नगरपालिकाले निर्णय गर्ने अनि कार्यान्यन नगरी ठेक्का लगाएर उत्खनन् गर्ने भन्ने हुदै । हामी बस्ति बचाउँन  उत्खखन् राेक्नु परेकाे हाे  ।  '

लिम्बुले अघिल्लाे बर्ष पनि खाेला उत्खनन् भएपझि ५ घरपरिवार पूर्णरूपले विस्थापित भएकाे भएपनि उनिहरूकाे व्यावस्थापनमा पूर्ण वेवाीता गर्दै पुन: ठेक्कालगाएर उत्खनन् गर्न  शुरू गरेकाे भन्दै  ७ बुँदा कार्यान्वयन नहुन्जेलसम्म खाेला उत्खनन् गर्न नदिने बताएका छन् । 

1 2