विराटनगर/ धिमाल सामुदायहरूको एतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्कान लागेको भन्दै धिमाल जातीय विकास केन्द्रले विरोध जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका – ७ मा अवस्थित धिमाल सामुदायहरुको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै धिमाल जातिय विकास केन्द्रले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै विरोध जनाएको हो ।

गाउँपालिका र ७ नं. वडा कार्यालयले धिमाल सामुदायको ग्रामथान भत्काएर व्यवसायिक प्रयोजनको लागि संरचना बनाउन लागेको भन्दै धिमाल जातीय विकास केन्द्रको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

‘धिमाल जातिको जीवन पद्धति वन जंगल, खोला नाला लगायतको प्रकृतिसँग जोडिठएको हुन्छ । सामुदायको इतिहास, संस्कृति संरक्षण् गर्न राज्यको दायित्व हो । तर, कानेपोखरी गाउँपालिकाले धिमाल सामुदायहरुको पूजा गर्ने ग्रामथान भत्काएर व्यवसायिक संरचना बनाउन खोजिएको प्रति ध्यानकर्षण भएको छ । धिमाल सामुदायसँग बिना छलफल, बिना अनुमित एतिेहासिक स्थलको अतिक्रमण गर्नु अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरीत कार्य पनि हो,’ धिमाल जातीय विकास केन्द्र कानेपोखरीको अध्यक्ष प्रकाश धिमालले हस्ताक्षर गरिएको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

धिमालहरुको धार्मिक, सास्कृतिक तथा एतिहासिकता जोडिएको स्थललाई हटाउनु स्थानिय सरकारको गैरजिम्मेवार भएको अध्यक्ष धिमालले बताए ।

गाउँपालिकाको गलत निर्णाय तत्काल सचाउन पनि धिमाल जातीय विकास केन्द्रले माग गरेको छ ।

आदिवासी समुदायको देव, स्थलहरुलाई समाप्त पार्न खोज्ने, धार्मिक तथा सँस्कृतिका भक्षकहरु विरुद्ध एक हुन सम्पूर्ण साँस्कृतिक प्रेमी नागरिक समाज, आदिवासि अभियान्तहरु एक भइ स्थानिय सरकारको गलत क्रियाकलाप विरुद्ध लडनुपर्ने बेला भएको विज्ञाप्तीमा उल्लेख छ ।