संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाँदा विरामी भएकामध्ये अर्का एक जनाको ज्यान गएको छ ।

लाईगार्ड अस्पताल विराटनगरमा उपचाररत २१ बर्षिया निर्जला राईको ज्यान गएको हो ।
सोमबारबाट आईसियु कक्षामा उपचाररत उनको मंगलबार विहान ज्यान गएको

आफन्त डेविन मेवाहाङले जानकारी दिए । यो भन्दा अगाडी एकै पटक विरामी परेका आठ बर्षिया रोजिना राईको ज्यान गईसकेको छ । गत शुक्रबार राति च्याउ खाएर एकै घरका ९ जना विरामी परेका थिए ।

सिलिचोङ गाउँपालिका वडा नं. ५ याफुका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका छन् । बुवाको याफु आधारभूत स्वास्थ्य इकाईमा उपचार भईरहेको छ ।

जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धरान विपी काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रेषण गरिएको आठ विरामीमध्ये दुई जनाले ज्यान गुमाएको छ । मृतक निर्जला राई कान्छा छोरा सहदेवका श्रीमति हुन् ।

उनीहरुको ४ महिनाको बच्चा रहेको छ । बच्चा आफन्तको सहारामा गाउँमै राखिएको जनाईएको छ ।