उर्लाबारी/उर्लाबारी नगरपालिकाले वडा नं.–५ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको कार्यालय भवनको सोमबार शिलान्यास भएको छ ।
उर्लाबारी नगरपालिकाका उप–प्रमुख लक्ष्मीदेवी भण्डारीले उक्त भवनको शिलान्यास गर्दै निर्धारित समयमा गुणस्तरिय सामाग्री प्रयोग गरी निर्माण पुरा गर्न निर्देशन दिएकी छन् ।
नगरको ५३ लाख ४० हजार ८ सय ८ रुपयाँको लागतमा दमकको रेनेता–ईनिभेशन जेभीले टेण्डर मार्फत ठेक्का पाएको हो ।
वडाका नागरिकलाई स्वास्थ्य परिक्षणमा पहुचँ पुर्याउने उदेश्यले केन्द्रको भवन निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले बताउँदै निर्माण पश्चात स्वास्थ्य सेवा लिन आउनेलाई सवै किसीमको सेवा पुग्ने बताएका छन् ।
हाल वडा कार्यालय परिसरबाट वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।