धरान । नेपाल जेसीजले गरिरहेको वाककला च्याम्पियनसीपका लागि जेसीजको क्षेत्र क बाट तीनजना छनौट भएका छन् ।

क्षेत्र क बाट सहभागीहरूलाई धरान जेसीजले छनौटका लागि कार्यक्रमको आयोजना गरेको छ । सोमबार सम्पन्न भर्चुअल वाककला प्रतियोगितामा २७ सहभागीमध्ये तीनजना फाइनलका लागि छनौट भएका हुन् । नेपाल जेसीजले भोलि (मंगलबार) जेसीजको चारवटा क्षेत्रबाट छनौट भएका १२ जनालाई फाइनलमा उतार्दै विजेता, उपविजेताहरूलाई पुरस्कृत गर्नेछ । 

क्षेत्र कअन्तर्गत धरानकी सृष्टिका भट्टराई, भद्रपुरकी कविता कोइराला र झापा चारआलीका हरिकृष्ण भण्डारी छनौट भएका हुन् । क्षेत्र ख, ग र घबाट छनौट भएकाहरुबीच फाइनल भिडन्त गराउने कार्यक्रम छ । 

jci_dharan

क्षेत्र कबाट छनौट भएकाहरुलाई धरान जेसीज वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले जनही १५ सय रुपैयाँ नगद दिने घोषणा गरे । नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । ‘परिवर्तनका लागि उठौं, मावन विकासका लागि नेतृत्वका अभ्यासहरू’ शीर्षकमा प्रतियोगिता गराइएको हो ।