कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ ।  यसका लागि आज अर्थ मन्त्रालयले रु.२५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालयका  प्रमुख सुमन तिवारीले उपकरण जडान पछि कोरोना परीक्षणमा थप सहजता आउने बताए । उनका अनुसार संकलित स्वाव परीक्षणका लागि विराटनगर र काठमाडौंँ पठाइने गरेको छ । प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न रु.३० लाख पठाइसकेको छ ।