पथरी/ पोखरीमा पौडी खेल्ने क्रममा हराएको १५ घण्टा पछि एक पुरुषको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको छ ।
मोरङ पथरीशनिश्चरे–८, मंगलबारे बजार निवासी २८ बर्षीय बिनोद पाण्डेको शव खोज्ने क्रममा आइतबार विहान पोखरीको पानी भित्रको हिलोमा गाडिएको अवस्थामा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय पथरी, स्थाई प्रहरी चौकी रमाइलो र सशस्त्र प्रहरी बल शनिश्चरेको संयुक्त टोलीले खोजतलास गरी बिहान ९ बजे पोखरीबाट शव निकालको स्थाई प्रहरी चौकी रमाइलोका सई देवी बहादुर राउतले बताए ।
घटना शनिबार बेलुका ६ बजेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धा अनुसार कानेपोखरी–४, शिवालय टोल दक्षिण डाँसखोला छेउको १० फिट गहिरो पोखरीमा पथरीशनिश्चरे–८, मंगलबारेका मृतक पाण्डे र अर्का सोही स्थानको ३४ बर्षीय राजन बर्देवा दुवै जना नुहाउनको लागि आउँछ ।
राजन पौडी खेल्न नजान्ने छेउमै नुहाउन्छ । मृतक पाण्डे पौडी खेलेर पल्लो छेउ पुगेर फर्कर्ने क्रममा एक्कासी उनी हराउँछ ।
धेरै बेर सम्म नआए पछि राजनले घरमा गएर बताए पछि गाउँका सवै जना र स्थानीय प्रहरी पनि बेलुकै खोज्न गएका थिए, बेलुका धेरै बेरसम्म खोजविन भयो तर भेटेनन् । भोली पल्ट विहान देखी खोज्ने क्रममा प्रहरीले भेटेका थिए ।
मृतकलाई हाल पोष्टमार्टमको लागि मङ्लबारे अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि पथरी प्रहरीले जनाएको छ ।