राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता एवम प्रा. रामकृष्ण रेग्मीलाई पत्नीशोक परेको छ ।

 उनकी धर्मपत्नी दुर्गादेवी मानन्धर ८३ वर्षका उमेरमा उपचारको क्रममा गए राति ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि नशासम्बन्धी समस्याबाट पीडित थिइन् । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बौद्धदर्शनमा ७८ वर्षका उमेरमा स्नातकोत्तर गर्नुभएका मानन्धर  नेपाल सरकारको सहसचिवबाट सेवा निवृत्त थिइन् ।

 उनको पार्थिव शरीर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको दिएको छ ।