पाँचथरको हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिकाभित्रका नागरिकमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि रु. एक लाख ५० हजार रकम संकलन गरेका छन् । 

गाउँपालिकाभित्र समुदायस्तरमा संक्रमण बढ्दै गएको अवस्थामा समुदायस्तरमा परीक्षणको दायरा बढाउन किट खरिदमा गाउँपालिकालाई सहयोग पु¥याउन उनीहरुले रकम संकलन गरी पठाएका हुन् ।

 संकलित रकम केही समयअघि मात्रै दक्षिण कोरियाबाट फर्कनुभएका हिलिहाङ ५ का डम्बर सुहाङले आज प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको उपस्थितिमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।

 समुदायस्तरमा संक्रमण फैलँदै गएको अवस्थामा किट खरिद गरी चाँडो परीक्षण गरी महामारी नियन्त्रण गर्न संकलित रकमले सहयोग पुग्ने उनीहरुको विश्वास छ ।