श्री शालिवाहनीय शाके १९४२ ने.सं.१८४१ वि.सं. २०७८ साल बैशाख ३० गते बिहीबार, १३ मे २०२१ । राक्षस संवत्सर वैशाख शुक्लपक्षको द्धितीया तिथि ५ः५५ बजेसम्म, उप्रान्त तृतिया, नक्षत्र रोहिणी ५ः५९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः१६ र सूर्यास्त ६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरुले राज गर्नेछन् । विचार पु¥याएर अगिबढ्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सम्भावना देखिए पनि उपलब्धिमा समय लाग्न सक्छ । आफ्नो श्रम परे पनि प्रतिफल अरुलाई प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा वृद्धि होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतिहरूका लागि उत्साहवद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राजनैतिक क्षेत्रमा सफलता पाईनेछ  । सामाजिक तथा धार्मिक क्षेत्रमा रूचि बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भें)

सरकारी क्षेत्रबाट सोचे अनुरूप सहयोग प्राप्त हुनेछ । यात्रा सफल रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले नाम दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ ।