श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २३ गते बिहीबार, ६ मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको दशमी तिथि १४ः२६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र शतभिषा १०ः४४ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२० र सूर्यास्त ६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) प्रक्रिाय नमिल्नाले काम दोहोर्याउनु पर्ने देखिन्छ । वाणीलाई संयमता अपनाएर अगाडी बढ्दा राम्रो देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । छोटो दुरीको यात्रा रहला । पढाइमा रुची बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काममा खर्च लागेपनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अवसरको खोजीमा केही दौड धुप गर्नुपर्ला । तापनि उपलब्धी मूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मिहिनेत गरे पनि सामान्य अवसर पाइनेछ । तर महत्वकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आगन्तुकले अलमल्याउने हुँदा योजना अनुसार काम गर्न नसकिएला । खर्च अधिक बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सोख र हडबडीले केही समस्या निम्त्याए पनि व्यक्तित्वमा निखारता आउने छ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानापानमा विचार पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सरकारी क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पहिलेको सफलताले धन आर्जन हुनेछ । तर धेरै वटा काममा हात हाल्दा मुख्य काम विग्रन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज चिताएको कामले तिव्रता लिनेछ । व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ्यप्रति सजग रहनुहोला । अन्यथा धन खर्च हुनेछ । शरिर मन अस्थिर रहने संकेत देखिन्छ ।