श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २० गते सोमबार, ३ मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको सप्तमी तिथि १३ः५५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरषाढा ८ः३५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अरूका लागि समय खर्चनुपर्ला । मिहिनेत गरेमा चिताएको मूल्य प्राप्त हुने देखिन्छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि कामकाजमा सफलता प्राप्त हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लाग्न केही समय लाग्नेछ । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । छोटो दूरीको यात्रा हुन सक्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । विद्यार्थीहरूका लागि समय उत्तम रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी निकायबाट प्रशस्त लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

निर्माणसम्बन्धी कार्यमा तपाईलाई समस्या आउन सक्छ । खानपानमा विचार पु¥याउनु होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वस्त्र, आभूषणको व्यापारबाट प्रशस्त लाभ मिल्नेछ । लामो दूरीको सफल यात्रा होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारमा लगानी गरेमा प्रशस्त लाभ मिल्नेछ । वैदेशिक यात्राको योग रहेको छ ।