श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १९ गते आइतबार, ०२ मई अप्रिल २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको षष्ठी तिथि १५ः०७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वषाढा ९ः१३ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ कामको प्रस्ताव आउनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्ला । छोटो दुरीको यात्रा रहला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

धनार्जनका नयाँ योजना र स्रोतहरु पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरु पुर हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सामाजिक क्षेत्रमा हातहरु अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्न सक्छ । समय राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाईनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछन् ।जोश जाँगर र हिम्मत बढ्ला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज स्थान परिवर्तनको विशेष योग देखिन्छ । अरुको मन जित्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आटेको र ताकेको कार्य अधि बढ्नेछ । पारिवारिक सहयोग र सद्धाव बढ्नेछ ।