पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका-३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।