श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १८ गते शनिबार, १ मे २०२१ । राक्षस संवत्सर बैशाख कृष्णपक्षको पञ्चमी तिथि १६ः५९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मूल १०ः३२ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः३७ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्य अर्थ सञ्चय गर्ने समय छ । 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि उत्साहप्रद नतिजाले उत्साह जगाउनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतीहरूका लागि उत्साहबद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहनेछ । लामो दूरीको यात्रा हुनेछ । 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको प्रस्ताव आउन सक्छ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका मित्रजनसँग भेट होला । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्ला । दोहो¥याएर कार्य गर्दा अवरोध हट्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समयमा आलश्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आवश्यक पर्दा सहयोग वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । खर्चको मात्रा भने बढ्नेछ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला । दिन सामान्य छ । 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ कामको थालनीले प्रशस्त लाभ दिलाउनेछ । मन प्रसन्न रहनेछ । छोटो दूरीको यात्रा होला ।