संखुवासभा । खेतमा चरिरहेको २ वटा गोरु करेन्ट लागेर मरेको छ । खाँदबारी २ चेवाका काजीमान वि.क.को गोरु शुक्रबार विहान ११ बजेतिर चेवामा हाईटेन्सन लाईनमाको तार छिनेर भुईमा लत्रिएकोले करेन्ट लागेर मरेको हो । 

केरेन्ट लागेर गोरु मरेसंगै विद्युत प्राधिकरणको लापरवाहीले गर्दा यस्तो घटना घटेको स्थाीयले आरोप लगाएका छन् । यो घटना हुनुभन्दा धेरै अगाडीबाट तार छिन्न लागेको र त्यसले क्षति पुराउन सक्ने भन्दै स्थानीयले प्राधीकरणलाई जानकारी गराएको उनीहरुले बताए ।

विहान खान खाएपछि गोरु चराउन लैजाने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर घटना स्थलमा नै २ वटा गोरुको मृत्यू भएको वडाध्यक्ष ज्ञान बहादुर श्रेष्ठले बताए । उनका अनुसार प्राधिकरणले तार र पोल बदलि गर्दा ध्यान नपुराएको र स्थानीयको जानकारीलाई वेवास्ता गरेको कारण घटना घटेको हो । 

हाईटेन्सन लाइनको पोल र तार परिवर्तन गरि विहिबारबाट नै सञ्चालन भएको थियो । सञ्चालन सुरु भएकै दिन तार ठुलो पावरमा विद्युत वहाव धेरै भएकोल तार चुटिएको र यस्तो घटना भएको स्थानीयले आरोप लगाएको छ । 

यता विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार हिजो आएको हावाहुरी र चट्याङका कारण तार छिनेको हो । तार तथा पोलमा पहिले नै समस्या भएको बारेमा जानकारी नआएको प्राधिकरणले बताएको छ । घटनापछि मात्रै वडाध्यक्ष मार्फत जानकारी आएको भनाई छ ।

विद्युत प्राधिकरणले विद्युत सुरक्षामा ध्यान नदिएकै कारण विभिन्न स्थानहरुमा घटना हुने गरेको आरोप छ । अलिकति हावाहुरी चल्दा मात्रै पनि विद्युत लाईन जाने समस्याबाट जिल्लाबासी आजित छन् ।