मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ वर्षीय सहवीर मगर रहेका छन् ।

बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । 

बस र चालक पथरीशनिश्चरे ४ का ३३ वर्षीय गंगाप्रसाद लुइँटेल प्रहरीको नियन्त्रणमा रहेको इप्रका लेटाङले जनाएको छ ।