मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामकाज गरे पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफल अरूले लिनेछन् । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला बढाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कृषि व्यवसायबाट प्रशस्त लाभ हुनेछ । आफूले आँटेका ताकेका कार्यहरू पूर्ण हुँदै जानेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सरकारी क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । शत्रुहरू धेरै लाग्नेछन् । हानि नोक्सानी पनि हुनसक्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सवारी साधन खरिद गर्ने योग बनेको छ । वैदेशिक यात्राको योग रहेको छ । पढाइमा रुचि बढ्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुनेछ । रोकिएका कामकाजहरू बन्दै जानेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । समय उत्तम छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ रहनेछ । लामो दूरीको यात्रा सफल होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रेमसम्बन्ध सफल रहनेछ । हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । यात्रा गर्दा विचार पु¥याउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । वाणीमा संयमता अपनाएर अगाडि बढ्नु होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो गोपनीयता भङ्ग हुँदा आफूलाई धोका हुनेछ । बन्न लागेको कार्य बिग्रनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

निर्माणसम्बन्धी कार्यले लाभ दिलाउनेछ । पढाइमा रुचि बढ्नेछ । छोटो दूरीको यात्रा होला ।