सुनसरी । दुहबी नगरपालिका -८ फुटानी चोकमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ ।
मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।