इटहरी । सुनसरी रामधुनी नगरपालिका–७ कुमारखतकी ५२ वर्षीया मनकुमारी क्षेत्री दुवै मिर्गौला बिग्रिएका कारण चार वर्षदेखि थलिएकी छन् । उनको परिवारले बचाइदिन आग्रह गरेका छन् । 

दुवै मिर्गौला खराब भएपछि उपचारमा रकम खर्चिंदा घरबारीसमेत सकिएको पीडित परिवारले जनाएको छ । सातामा दुईपटक डायलाइसिस गर्दै आएकी छन् । सरकारले डायलाइसिस निःशुल्क गरिदिएको छ ।

तर, सातामा ६ हजार रुपैयाँसम्म लाग्ने गरेको पति कुलबहादुरले बताए । कुलबहादुरले पत्नीको ज्यान बचाइदिनका लागि आग्रह गरेका छन् । उनले आफूलाई सहयोग गर्न चाहनेलाई एनएमबी बैङ्कको खाता नम्बर ०५५०११९५७८२०००१८ मा सहयोग गर्न आग्रह गरे ।

कुमारखत सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिरञ्जीवी भट्टराईले बिरामीको आर्थिक अवस्था कमजोर हुँदा समस्या भइरहेको बताए । सामुदायिक वनले पनि अहिलेसम्म करिब १ लाख बराबरको सहयोग गरिसकेको उनले बताए ।