श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १५ गते बुधबार, २८ अप्रिल २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको प्रतिपदा तिथि ५ः३५ बजेसम्म, उप्रान्त द्वितिया, नक्षत्र विशाखा १७ः३१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रमाइलो यात्राको सम्भावना छ । त्यसबाट दीर्घकालीन फाइदा हुनेछ । दिन सामान्य छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाईनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतित हुनेछ । सम्पत्ति लाभ गर्ने अनुकुल समय हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफन्तसँग मनमुटाव बढ्ला आफुलाई कमजोर भएको अनुभुति हुनेछ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लाभदायक यात्राको सम्भावना देखिन्छ । एकपछि अर्को अवसर आउने योग रहेकोछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक कार्य र सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत पुरा हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिनेछ । आफन्तको सहयोग प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज शुभ कार्यको चर्चा चल्नेछ । रोकिएको काम पुनः सुरू हुन सक्छ । धार्मिक यात्रा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विवादले गर्दा काम विग्रनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा समस्या आउला ।