उर्लाबारी। किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारीले आफनो संस्थाका आजीवन सदस्य समेत रहेका उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो माथी सामाजीक सञ्जालमा छाएको खवरप्रति ध्यानकर्षण भएको जनाएको छ ।
समितिले मंगलबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी उर्लाबारी–७ का लिलाराज खतिवडाले किरण बजगाँईको युटुब एकाउण्टबाट नगर प्रमुुख फागो तथा उहाँको परिवार र मोरङ प्रहरी माथी ज्यान मार्ने भिडीयो पोष्ट गरीएकोले उक्त पोष्टको घोर भत्र्सना गर्दै भिडीयो पोष्ट गर्ने खतिवडालाई कानुनी दायरामा ल्याई कार्यवाहीको माग गरीएको छ ।
समितिका अध्यक्ष चन्द्र पालुङवाद्धारा हस्ताक्षर भएको उक्त बिज्ञप्तीको अन्त्यमा नगर प्रमुख तथा उहाँको परिवारलाई आवश्यक शान्ति सुरक्षाको पहल गर्न समेत सम्वन्धित निकाय समक्ष अपिल गरीएको छ ।