यासोक। पाँचथरको सुख्खाक्षेत्रमा संचालित तमोर पम्पिङ खानेपानी योजना अवरुद्ध हुदा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको कुम्मायक गाउँपालिकाको तमोर खानेपानी योजना अवरुद्ध हुदा सयौं घरधुरीमा खानेपानीको हाहाकार भएको हो ।

योजनामा प्राविधिक समस्याका कारण दुई सातादेखि खानेपानीको हाहाकार भएको कुम्मायक ५ तेजबहादुर बोहोराले बताए । खानेपानी योजनाको चौथो ट्याङकीको पम्पमा समस्या देखिएपछि एक सातादेखि खानेपानी हाहाकार देखिएको थियो ।

पटक पटकको प्रयासपछि पंम्प मर्मत गरी संचालनमा आएको थियो । तर पुन: सोही समस्या पहिलो ट्याङकीमा देखियो । अझै समस्या समाधान नहुदा खानेपानीको हाहाकार भएको हो । 

खानेपानीको हाहाकार मच्चिएपछि ट्याक्टरबाट पानी ढुवानी गरी सुख्खाक्षेत्रवासीले प्यास बुझाउँदै आएका छन । यासोक बजारमा यो समस्या बढि देखिएको छ ।

खानेपानीको बैकल्पीक व्यवस्थापन नहुदा समस्या भएको होटल व्यवसायी देबेन्द्र सम्बाहाफेले बताए । “बजारमा खानेपानीको हाहाकार छ । कसैले पानी पिउँन माग्दा दिन नसक्ने अवस्थामा पुगेका छौ । चिन्तित मुद्रामा सम्बाहाम्फेले भने ।

बजारमा खानेपानीको ठुलो प्रभाव परेको छ । बैकल्पिक खानेपानीको व्यवस्थापन नहुदा घण्टौ लगाएर कुवा, धारा र ट्याक्टरबाट ढुवानी गरेर पानीको जोहो गर्दै आएको होटल व्यवसायीहरुको गुनासो छ ।  

गाउँमा खानेपानीको श्रोत सुकेपछि चैत्र र बैसाखको खडेरीमा पानी खोज्न स्थानीय घण्टौसम्म कुवा र धारमा पुग्न थालेका छन । खानेपानी योजनामा पटक पटक प्राविधिक समस्या हुन थालेपछि बिस्थापित हुनु पर्ने होकी भन्ने चिन्ता बढेको स्थानीय दलबहादुर बताए । “गाउँमा खानेपानीका मुहान छैनन् । तमोरको आसै हरायो । यस्तो अवस्थामा हामीले के गर्ने ?  

एक वर्षमा ७२ लाखको क्षति 

योजना संचालनको सुरुवाती समयमा खानेपानीको सहज आपूत्ति भएको थियो । तर त्यसको एक वर्षमा ७२ लाख क्षति भएको छ । योजना संचालन गर्न प्रयोग गरिएको ५० एचपीको पंम्पमा निरन्तर समस्या देखा पर्दा निर्माण कम्पनीले लाखौंको क्षति बिर्होन बाध्य भएको हो ।

एक वर्षमा बिभिन्न स्टेशनका १८ वटा पंम्पमा समस्या देखिएको निर्माण व्यवसायी राजेन्द्र चोम्लागाइले बताए । प्रत्येक पंम्पमा निर्माण पक्षको ४ लाख रुपैयाँ खर्च भएको छ । प्रति महिना ६ लाख रुपैयाँले वर्षमा ७२ लाख क्षति पुगेको छ ।  यस्तो अवस्थामा योजना संचालन गर्न चुनौति पैदा भएको छ् चोम्लागाइले भने ।

योजनामा देखिएको समस्या पहिचान गर्न बिभागिय टोलिले दुई महिना अघि योजनाको निरिक्षण र अनुगमन गरेको थियो । टोलिले तत्काल स्टेप्लाइजरको व्यवस्थापन गर्ने बताएको थियो । तर त्यसको केही साता बित्न नपाउँदै पुन पम्पमै समस्या देखिएपछि  सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरी मध्ये २२ सय घरधुरी प्रत्यक्ष समस्यामा परेका हुन ।

जस्को असर बालबालिका र जेष्ठ नागरिक परेको छ । समस्या समाधान गर्न निर्माण पक्षले निरन्तर पहल गर्दा समेत समस्या हल नहुदा थप संकट बढेको छ ।