श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १४ गते मङ्गलबार, २७ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको पूर्णिमा तिथि ९ः२० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाति २०ः२६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । दिन सामान्य छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

महिला वा मित्रजनबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगले कार्य पूरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छोटो दूरीको लाभदायक यात्रा होला । प्रेमसम्बन्ध र मित्रताको लागि उत्तम समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता  मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्ला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज आफ्नै दक्षताले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।