ब्लाष्टखबर । २०७२ सालमा आएकाे भुकम्पले भत्किएकाे धरहर पुन: निर्माणपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

सुन्धारास्थित  ९ ताले धरहर १२ वैशाख २०७२ मा भूकम्पले  धव्स्त बनाएपछि पुनःनिर्माण  गरेर २२ तलाको बनाइ छ । शनिबार धरहरा परिसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्।

३ अर्ब ४८ करोड खर्चमा ४२.२ रोपनीमा फैलिएको  धरहरामा बगैंचा तथा पार्किङ स्थललगायतका संरचना निर्माण भइरहेकाेले  सर्वसाधारणले धरहरा चड्नका लागि भने केहि समय पर्खनु पर्ने बताइएकाे छ ।