श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख १० गते शुक्रबार, २३ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको एकादशी तिथि २२ः०४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा ७ः५७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु होला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ। विद्यामा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारोमा परिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । धनको सदुपयोग नगर्दा पछुतो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमसम्बन्धमा रहनेको लागि समय राम्रो छ । वैदेशिक यात्राको अवसर आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आखाँसम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार पु¥याएर चलाउनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक तथा धार्मिक  क्षेत्रमा रुचि बढ्नेछ । यात्रा गर्दा विशेष ध्यान दिएर गर्नु होला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोरी भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट लाभ हुनेछ। आफन्तजनको सहयोग प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राजनैतिक क्षेत्रमा असफल भइनेछ । मन खिन्न रहला । पेटसम्बन्धी समस्याले सताउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । पढाइमा रुचि बढ्नेछ । यात्रा सफल रहला ।