झापा कमल गाउँपालिका ५ सितापुरी का ८ वर्षीय योजल राईको रुखको हाँगा भाचिएर लागी मृत्यु भएको छ ।

आज दिउँसो ११ बजे बुबासँग सोही स्थानमा रहेको माई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँची लाग्दा योजल गम्भिर घाइँते भएका थिए । उनलाई दमक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत्यु भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतीकात्मक तस्बिर