ब्लाष्टखबर । कानेपाेखरीमा चट्याङले लागेर एक महिलाकाे मृत्यु भएकाे छ ।
गाउँपालिकाकाे २ नम्बर वडा स्थित दलेलीकी ४३ बर्षीय सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान साढे ८ बजे घर नजिकै बाधेका गाईगोरू सार्न जनाने क्रममा चट्याङले लागेर गम्भिर घाईते भएकी थिईन ।
घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको कार्यालयले जनाएकाे छ ।