सुनसरी। इनरुवा न.पा. ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को १ क  ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।