धरान । मिर्गौलाको समस्याबाट पीडित तेह्रथुम, छथरका सौरभ खेवा लिम्बूलाई उपचारका लागि सहयोग प्रदान गरिएको छ ।

बेलायत बसोबास गर्दै आएका धीरज खेवाको पहलमा बेलायत र अमेरिकाबाट सङ्कलन गरिएको १ लाख २३ हजार २ सय रुपैयाँ मङ्गलबार  सौरभको परिवारलाई हस्तान्तरण गरिएको हो ।  

धरानको ओलिभ क्याफेमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा गीतकार मीना सिङ्गक र अभिनेतृ÷मोडल रेखा लिम्बूले सौरभका दाजु सुमन खेवालाई हस्तान्तरण गरे ।

करिब ६ महिना पहिलेदेखि मिर्गौलामा समस्या देखिएका खेवाको हाल भक्तपुरमा उपचार भइरहेको परिवारले जनाएको छ ।