प्रदेश १ मा आज ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

५२८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४ महिला र ६३ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुषसहित ४७ जना संक्रमित देखिएका छन् भने बुढीगङ्गामा ३, रङ्गेली र सुन्दरहरैंचामा २–२ जना र कानेपोखरीमा १ जनामा संक्रमण देखिएको छ । 

सुनसरीको इटहरीमा ११ जनामा संक्रमण देखिएको छ भने धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र वराहक्षेत्रमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । 

झापाको बिर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ  । खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित ४०४ पुगेका छन् ।