श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ७ गते मङ्गलबार, २० अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको अष्टमी तिथि १ः०३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुनर्वसु ७ः१० बजेसम्म, उप्रान्त पुष्य चन्द्रमाराशि वृष, सूर्योदय ५ः३४ र सूर्यास्त ६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

भएको आम्दानी र सञ्चित रकमसमेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापटमार्फत् धन जुट्नेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थितिवश आफ्ना कामबाट अरुले फाइदा उठाउन सक्छन् । सानो कामलाई अधिक समय खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वेसरको निर्णयले पछिलाई समस्या पार्न सक्छ । छर छिमेकमा असमझदारी बढ्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मेहेनतले नाम दाम र इनाम  दिलाउन सक्छ । विछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार पेशाबाट प्रशस्त लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरु बढ्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञाज र कला निखार्ने अवसर प्राप्त हुनेछ । लामो दुरिको यात्रा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतले पेशागत उचाइमा पु¥याउन सक्छ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो बचत बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रसस्त लाभ होला । यात्रा सफल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कृषि, दुधको व्यापार व्यवसायबाट प्रसस्त लाभ होला । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।