भारतको राजधानी दिल्लीमा कोरोनाको तीव्र संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरिएको छ । आज सोमबार राति १० बजेदेखि २६ अप्रिल बिहानसम्म ६ दिन लडडाउन हुने छ ।

झण्डै एक साता लामो लकडाउनका क्रममा घरबाट बाहिर निस्कने अनुमति हुने छैन । जरुरी क्षेत्रसँग जोडिएका व्यक्तिमात्र बाहिर निस्कन पाउने छन् । सबै निजी क्षेत्रका कार्यालयलाई घरबाटै काम गर्न निर्देश गरिएको छ । सरकारी क्षेत्रमा आधामात्रै कर्मचारी उपस्थित हुनेछन् । 

दिल्लीमा सबै थियटर्स, अडिटोरियम, स्पा, जिम, स्वीमिङ पुल बन्द गर्ने निर्णय गरिएको छ । 

सोमबार भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।