तेह्रथुम । तेह्रथुम ७ लाप्छायाङ टोलस्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

आइतबार राती ९ः३० बजे म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । 

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाउँपालिका ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । 

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती १०ः४५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।